कैलालीको मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ स्थित मोहना नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

मृत्यु हुनेमा सोही वडाका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले जानकारी दिएका छन् ।

चटकपुर-राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।