बीबीसी अब अनलाईन मार्फत मात्रै प्रशारण हुदैँ

फाईल तस्वीर

काठमाडौं । सञ्चार माध्यम बीबीसीले आफ्नो टेलिभिजन प्रशारणका नेटवर्क बन्द गरेर अनलाइनबाट मात्र आफ्नो सेवा दिने तयारी गरेको छ । आफ्नो दुई टेलिभिजन नेटवर्क बन्द गरेर उक्त नेटवर्कको सामग्रीलाई कम्पनीको स्ट्रिमिङ प्लेटफर्म बीबीसी आईप्लेयरमा लैजाने तयारी गरेको हो ।

बीबीसीले ‘डिजिटल फस्ट’ योजना अन्तर्गत यो कदम चाल्न लागेको जनाइएको छ । यस योजना अन्तर्गत कम्पनीले आफ्नो कला र वृत्तचित्र सम्बन्धी नेटवर्क बीबीसी फोर र बालबालिका लक्षित सीबीबीसी नेटवर्क केही वर्षभित्र नै बन्द गर्ने बताईसकेको छ ।

यी नेटवर्कहरूमा प्रशारण हुने सामग्रीहरू उत्पादन गरी बीबीसी आईप्लेयर मार्फत उपलब्ध गरिने समेत जनाइएको छ । यो कहिलेदेखि बन्द हुन्छ भन्ने विषयमा कम्पनीले आधिकारिक मितिनै भने उल्लेख छैन ।

आफ्नो खर्च कटौतीका लागि यो कदम उठाएको हो । बेलायती सरकारले टेलिभिजन हेर्नको लागि पनि कर उठाउने भएपछि धेरैजसो मानिसहरूले टेलिभिजन नै हेर्न छोडिसकेका छन् । टेलिभिजनको दर्शक घटेका छ्न् ।

भने प्रयोगकर्ताहरू अनलाइनमा अभ्यस्त भईरहेका छन् । त्यो हिसाबले पनि बीबीसीले अब नेटवर्कहरू बन्द गरेर अनलाइन प्रशारणलाई प्राथमिकता दिन लागेको उल्लेख छ ।