तुर्माखाद गाउँपालिका अध्यक्षमा एमालेका उमेदवार डम्बर बिसीः भन्छन जित्ने पक्का भै सकेको छ

देशै भर चुनावी माहौल तात्तीरहेका बेला अछामको तुर्माखाद गाउँपालिकामा नेकपा एमालेका उमेदवारहरुले सहज जित निकाल्ने दावी गरेका छन । ८ ओटा वडा रहेको गाउँपालिकामा अघिल्लो निर्वाचनमा एमालेले ४ वटा वडा जितेको थियो भने नेपाली काग्रेसले ३ ओटा र नेकपा माओवादीले १ ओटा वडा जितेको थियो ।

नेकपा एमालेका तर्फबाट अध्यक्षको उमेदवार बनेका डम्बर बिसी भन्छन जनता बुझने भैसकेका छन । काग्रेसले हिजो अफवाह फैलाएर हुने नहुने कुरा गरेर पालिका जितेको थियो । असम्भव र गर्नै नसकिने कामको योजना अघी सारेर जितेको थियो ।
अहिले हामीले सुशासन र समृद्द र समाजवादको आधार–तर्माखाँद गाउँपालिकामा एमालेको सरकार भन्ने मुल नाराका साथ जनतामाझ आएका छौ । काग्रेसले बदनामी कमाएका कारण पनी हाम्रो जित सुनिस्चित भएको सजिलै दावी गर्न सक्छौ अध्यक्ष बिसीले भने । हिजो गरिएका बाचा र धोखा जनताले बिर्सेका छैनन ।

हिजोका दिनमा जनतालाइ मुर्ख बनाउने खालका घोषणपत्र ल्याएको काग्रेसले प्रतिबद्दता अनुसारका काम गर्न सकेन । यहाँका जनताले काग्रेसलाइ जिताउदा ५ बर्ष त्यसै बर्बाद गरिदिएकोले उनिहरुको गाँउमा पस्ने बाटो नै छैन त्यसैले पनी यो क्षेत्रको बिकासको जिम्मा आफुले पाउनेमा ढुक्क रहेको उनि बताउछन ।

उपाध्यक्षकी उमेद्वार बिमला कुमारी शाहीले आफुहरु गाँउ सल्लाह अनुसार नै उमेदवारी दिएको दावी गरिन । गाँउले सबैले यसपालीको नेतृत्व लिन आग्रह गरेका कारण पनी मैले उमेदवारी दिएको हुँ । अघिल्लो सरकारले चित्तबुझदो काम गर्न नसकेका कारण अन्य दलका साथीहरुले समेतको अनुरोधमा मैले उमेदवारी दिएकोले पनी म आफुले यसपाली जित्नेमा ढुक्क छु ।

उनले भनिन मलाइ अन्य दलका धेरैले आफैले भेटेर यसपालीको भोट मेरो पार्टीलाइ दिने उदघोष गरिसकेका छन । हामिले निर्वाचन कुर्न मात्रै हो जित पक्का भै सकेको हामीले महसुस गरेका छौ । अन्य मतदातालाइ समेत के अनुरोध गर्न चाहन्छु भने पहिले झै मत खेर नफालौ सुर्य चिन्हमा मतदान गरौ र एकचोटी यो क्षेत्रको मुहार फेर्ने जिम्मा सबै मिलेर नेकपा एमालेलाइ दिउँ

स्थानिय एक यूवा भन्छन डम्मबर बिसी भनेका यो क्षेत्रका यूवा, त्यो पनी शिक्षित यूवा हुन । सही नेतृत्व क्षमता भएको ब्यक्ती हुन । उनि अहिले सम्म कुनै बिबादमा नपरेका हाम्रो क्षेत्रका नेताहुन । एमालेका नेताले ब्यक्ती, ब्यक्तीत्व र क्षमता चिनेर यो क्षेत्रको जिम्मेवारी सुम्पिने र हामीले उनलाइ चिनेनौ भने हामी यो क्षेत्रका जनता कहिल्यै माथी जान सक्ने छैनौ । यो क्षेत्रको बिकास धेरै पछाडी धकेलिने छ । त्यैले देशै भरी बाट यूवाहरु नेतृत्वमा आउन चाहेका बेला यो क्षेत्रका बासिन्दा हामीले पनी भारी मतका साथ उनलाइ नेतृत्व दिनुपर्छ ता कि उनलाइ पनि जिम्मेवारी बोध होस कि मेरा जनताले मलाइ बिस्वास गर्छन भन्ने ।