जिल्ला प्रशासन दाङले चार दिन सेवा बन्द गर्ने

दाङ,
जिल्ला प्रशासन कार्यालय दाङले स्थानीय तह निर्वाचनलाई लक्षित गरी चार दिनका लागि विभिन्न सेवाहरु बन्द गरेको जानकारी गराएकाे छ ।

प्रशासन कार्यालयका कर्मचारीहरु विभिन्न मतदान केन्द्रमा खट्नुपर्ने भएकाले नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र, राहदानी लगायत अन्य सिफारिस सम्बन्धी सेवाहरु वैशाख २६ देखि २९ गतेसम्म स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिएकी छन् ।