आजको मौसम: पहाडी भूभागमा हल्का वर्षाकाे सम्भावना

काठमाडौँ

स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव देशको पहाडी भूभागमा सामान्य बदली हुने छ ।

दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १ का पहाडी भूभागका केही स्थान र गण्डकी, बागमती र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

भोलि बिहीबार बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान रहेको छ ।

महाशाखाका अनुसार बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।