सुर्खेत बसपार्कबाट अवैध चितुवाको छालासहित तीन जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट अवैध चितुवाको छालासहित तिन जना पक्राउ परेका छ्न् । सुर्खेत बसपार्कबाट बुधबार दिउँसो २ बजे अवैध चितुवाको छालासहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो ।

चुनाब आउदा जनताप्रती नेताको चाप्लुसी – मनकृष्ण डाँगी

देशमा जब स्थानीय,प्रदेश सभा, प्रतिनीधि सभा चुनाबको लहर आउन्छ तब यी हाम्रा सम्माननीय नेताहरु सोझा साझा जनताहरुको घरदैलोमा पुगेर विकासको आर्दशवादी भाषण गरी मायाको लाल मोहर लगाई जनताहरुको समस्या र देशको विकास प्रती आफु सधै बफादार भएको विश्वास दिलाउन चाहन्छन ।

‘चपली हाइट’का अभिनेता घिमिरेको घोषणा : वडा अध्यक्षमा विजयी भए कुनै सरकारी सेवा लैजान्न

काठमाडौं । फिल्म ‘चपली हाइट’ बाट अभिनेताको रुपमा सर्वत्र चिनिएका राज घिमिरे नेकपा माओवादी केन्द्रका तर्फबाट गोदावरी नगरपालिका वडा नं ३ को वडा अध्यक्ष उम्मेदवार दिएका छ्न् । भर्खरै घिमिरेले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्चसमेत गर्ने बताएका हुन् । गत स्थानीय निर्वाचनमा पनि उनी […]

कुटपिट गरि एक युवकको हत्या, स्थानीयले गरे पूर्व-पश्चिम राजमार्ग बन्द

युवाको मृत्यु भएपछि दोषीलाई कारबाही माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व-पश्चिम राजमार्गको कल्याणपुर-कडरबोना खण्डमा बुधबार बिहान १० बजेदेखि सडक अवरुद्ध गरेका छन् ।

उदयपुरमा चट्याङ्गसहितको आगोको मुस्लो खस्दा एक घर जलेर नष्ट

उदयपुर | उदयपुरको ताप्ली गाउँपालिका-१ पिपल भञ्जाङमा बुधबार बेलुका चट्याङ्गको मुस्लो झर्दा करिव ११ लाख बराबरको क्षति भएको छ । बेलुकी करिव ५ बजे आकाशबाट आगोसहितको चट्याङ्ग पर्दा स्थानीय टंकबहादुर हमालको एक घर र अर्जुन सुनवारको एक हल गोरु र एक गाईको मृत्यु भएको हो । स्थानीय तोपबहादुर ठकुरीले, आगालागीबाट हमालको घरका सबै समान अन्नपात, […]

गठबन्धनले चुनाव सार्न वकिलहरूसँग परामर्श गरिरहेको छ : अध्यक्ष ओली

| प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन सार्ने प्रयत्न भइरहेको बताएका छ्न् छन् । मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा मंगलबार सानेपामा बोल्दै ओलीले चुनाव सार्नका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको गठबन्धन लागिपरेको बताएका हुन् ।

आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको भन्दैँ वडा अध्यक्ष विरुद्ध उजुरी

रमेश नेपालविरुद्ध उजुरी परेको छ । २०७६ साल भदौ २१ गते नेपालले आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको तथा अख्तियारमा मुद्दा रहेको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

मन्दिरको रथयात्रा तान्ने क्रममा करेन्ट लागेर १० जनाको मृत्यु

तमिलनाडु | भारतको तमिलनाडुको तञ्जावुरमा एक मन्दिरको रथयात्राको क्रममा करेन्ट लाग्दा १० जनाको मृत्यु भएको छ । रथयात्रा हाईभोल्टेज तारमा ठोक्किएर १० जनाको मृत्यु भएको बताइएको छ ।

आजको मौसम: पहाडी भूभागमा हल्का वर्षाकाे सम्भावना

काठमाडौँ – स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव देशको पहाडी भूभागमा सामान्य बदली हुने छ । दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेशमा आंशिक बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १ का पहाडी भूभागका केही स्थान र गण्डकी, बागमती र मधेस […]

भारतमा १२ वर्षिया बच्चाहरुका लागि दुई कोभिड खोपलाई स्वीकृती

भारतले १२ वर्ष मुनिका बच्चाहरुका लागि दुई घरेलु खोपलाई स्वीकृत गरेको छ । कोभिड संक्रमण फेरि बढ्न थालिरहेका बेला सरकारले भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६-१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानाकारी दिएका छन् । यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई मात्र लगाइएको थियो । […]