अहिले कर्णालीको आवश्यकता गुणस्तरीय शिक्षा हो – मुख्यमन्त्री जिवन बहादुर शाही

कर्णाली प्रदेश मुख्यमन्त्री जिवन बहादुर शाही

जुम्ला । कर्णालीका मुख्यमन्त्री जिवन जीवनबहादुर शाहीले कर्णालीमा शिक्षा, स्वास्थ्य र रोजगारका अवसर सिर्जना गर्न आफुहरू लागि परेको बताएका छ्न् ।

त्यस्तै शाहीले विकासको लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । कर्णालीमा हवाइ समस्या समाधानको लागि पहल भइरहेको पनि बताए ।

शाहीले भनेका छ्न्, ‘अहिलेको आवश्यकता गुणस्तरीय शिक्षा हो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै रोजगारीको अवसर खोज्नु पर्ने अवस्था हो । प्रदेश सरकार यही बाटोमा अघि बढेको छ । सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ ।’

मुख्यमन्त्री शाहीले भने, ‘केन्द्र सरकारको माताहतमा भएकोले पहल गर्नुको विकल्प छैन । उडान थप्न कर्णाली सरकारले पहल गरिरहेको छ ।’

यस क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा बजेट खर्च सन्तोषजनक रहेको बताए ।

कर्णालीमा अहिलेसम्म १८ प्रतिशतभन्दा बढी बजेट खर्च भएको छ । आगामी जेठ महिनासम्म ८० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ ।