बूढीगण्डकी आयोजना बनाउन बाबुरामको ट्वीट, विकास प्राधिकरणमार्फत बनाउ

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ढिलै भएपनि बुढीगण्डकी परियोजना नेपाल आफैले बनाउने निणर्य गरेकोमा खुसी ब्यक्त गरेका छन् ।

गोरखाका सांसद समेत रहेका उनले बूढीगण्डकी बहुउद्देश्यीय परियोजनालाई बृहद बुढीगण्डकी विकास प्राधिकरणमार्फत बनाउन प्रस्ताव गरेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनीबाट ठेक्का खोसेर सरकार आफैँले बनाउने निणर्य गरेको थियो । सोही बिषयलाइ लिएर भट्टराईले यस्तो बताएका हुन् । अब कुन मोडालिटीमा बनाउने भन्नेबारे स्पष्ट गरिनुपर्नेमा जोड दिएका छन् ।

भट्टराईले बूढीगण्डकी आयोजना बन्नेसमयमा निणर्य गरेर अघि नबढिए आयोजना निर्माणको कुरा गफमै सीमित हुनसक्नेतर्फ सचेत गराएका छन् । ‘ढिलै भए पनि बुढीगण्डकी परियोजना नेपाल आफैले बनाउने निणर्य हुनु सुखद् छ । तर हामीले शुरूदेखि भन्दै आएको कुरा बुझ्न किन ढिलो भएको हो बुझिनसक्नु छ’, उनले ट्वीट गर्दै भनेका छन्, ‘अनि कुन मोडालिटीमा बनाउने भन्ने बारे मौनता कहिले तोडिने हो ? यो बहुद्देश्यीय परियोजनालाई बृहत बुढीगण्डकी विकास प्राधिकरण मार्फत बनाऔँ, नत्र गफै रहला’