स्थानीय तह निर्वाचमा सुर्खेतबाट पाँच दलले तालमेल गर्ने

सुर्खेत । वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनमा सुर्खेतमा पाँच वटा दलले तालमेल गर्ने भएका छन् । बिहीबार दलहरूबीच भएको छलफलपछि तालमेल गरी स्थानीय निर्वाचनमा जाने निणर्य गरिएको छ ।

दनेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच सुर्खेतमा चुनावी तालमेल गर्ने निणर्य भएको हो ।

सुर्खेत जिल्लाका ९ वटै पालिका तथा कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेल गर्ने निणर्य भएको हो ।

यस्तै, जिल्लामा पाँच वटै दलबाट प्रतिनिधित्व हुनेगरी १० जनाको संयन्त्र बनाउने निणर्य पनि गरिएको छ ।

बैठकपछि गठबन्धन दलका कार्यकर्ताहरूलाई गठबन्धनको मूल मर्मअनुसार अघि बढ्न निर्देशन दिइएको छ ।