२ सय वर्ष पुरानो कामदेवको मूर्ति काठमाडौंबाट चाेरी

file photo

काठमाडाै । काठमाडौं महानगर १३ नम्बर स्थित कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको वडाध्यक्षले बताएका छन् । १३ नम्बर वडाध्यक्ष धु्रवनारायण मानन्धरका अनुसार आज विहान साढे सात बजे मूर्ति चोरी भएको भन्दै उनलाई त्यस ठाउँका स्थानीयबासीले खबर गरेका थिए ।
वडाध्यक्ष मानन्धरका अनुसार २ सय वर्ष अगाडि भीमसेन थापाले सैनिकहरुको उत्साह जगाउनको लागि भगवान कामदेवको मूर्ति स्थापना गरिएको जनविश्वास रहेको छ ।
ढुङंगाले बेनेको २ फुटको मूर्ति हराएको विषयमा प्रहरीलाई खबर गरिसकेता पनि अहिलेसम्म थप जानकारी केही नआएको वडाध्यक्षले जनाएका छन् । मूर्ति चोरी भएको स्थानमा स्थानीयबासीहरुको भीड रहेकोे छ ।