कलंकीमा कारले ठक्कर दिँदा ६ जना घाइते

काठमाडौं । कालिमाटीबाट कलंकीतर्फ आउँदै गरेकाे बा ५ च ५४४० नम्बरको कारले मोटरसाइकललाइ ठक्कर दिँदा कार हुत्तिएर स्कुटर , र पैदलयात्रीलाइ ठक्कर दिँदा ६ जना घाइते भएका छन् । उनीहरुकाे शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

कलंकी ट्राफिकका अनुसार कारले मोटरसाइकललाई ठक्कर दिएपछि आत्तिएर एक्सिलेटर दबाउँदा घटना भएको आशंका गरिएको छ । घटनामा घाइतेहरुको अवस्था खतरामुक्त रहेकाे छ । थप अनुसन्धान जारी रहेको प्रहरीले बताए ।