गठबन्धन टुटाउन केही नेताले भनेका हुन देउवाले भनेका छैनन् – प्रचण्ड

तस्विर : लाईकाखबर / लोकजंग शाही

काठमाडौं । भरतपुरमा विषेश कार्यृक्रममा सहभागी हुन आएका माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बतएका छन् । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने जानकारी दिएका हुन् ।
गठबन्धन भएकै छ, गठबन्धन टुट्दैन, स्थानीय तहको निर्वाचनमा मात्र नभइ प्रादेशिक र सङ्घीय निर्वाचनसम्मै गठबन्धनले निरन्तर सहकार्य गर्ने प्रचण्डले स्पस्ट पारेका छन् ।
नेपाली काग्रेंस पार्टीले गठबन्धन टुटाउने कुरा गरेको छैन, त्यहाँ भित्रका केही केही नेताहरुले मात्रै भनेका हुन् यस विषयमा आफना नेता तथ कार्यकर्तालाइ दुइ मत नहुन निर्देशन दिएका छन ।
नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएको जानकारी गराएका हुन् ।
भरतपुर महानगरपालिकामा उनकी छोरी रेनु दाहाल प्रमुख रहेकी छिन् । यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन् । माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहोर्‍याउने जानकारी गराउदै आएको छ । जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने जनाउँदै आएको छ ।
भरतपुर पुगेका प्रचण्डले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगर पालिकाको प्रशासनिक भवन सिलान्यास गर्ने लगायतका कार्यक्रम रहेका छन् । भरतपुरमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटनसमेत गर्ने जानकारी गराएका छन् ।