चितवन कांग्रेस : गठबन्धन हुँदैन, प्रचण्ड : तिनै तहमा गठबन्धन हुन्छ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी तिनै तहको निर्वाचनमा काँग्रेससँग गठबन्धन कायम हुने बताएका छ्न् ।

स्थानीय तहको निर्वाचन मिति तय भएपछि पहिलो पल्ट आज बिहबार आफ्नो गृह जिल्ला पुगेका प्रचण्डले काँग्रेससँग गठबन्धन अहिले कायम भएको र अब हुने तिनै तहको निर्वाचनसम्म पनि गठबन्धन कायम रहने बताएका हुन् ।

पत्रकारसँग कुरागर्दौ प्रचण्डले भनेका छ्न्, “गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ, । “

चितवन कांग्रेसले गठबन्धन हुँदैन भने पनि केन्द्रबाटै गठबन्धन हुने उनले बताए । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केहि हुँदैन ।’

प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन आएका हुन् । प्रचण्ड शुक्रबार मात्रै काठमाडौं फर्किने छन् ।