चीनमा विमान दुर्घटना

file photo

बेइजिङ । चीनको दक्षिण पश्चिम क्षेत्रमा बोइङ विमान दुर्घटना भएको छ। चीनको सरकारी टेलिभिजन सीसीटिभीले दुर्घटना भएकाे पुष्टि गरेको छ ।

समाचार अनुसार चीनको कुन्मिङबाट ग्वान्झाव गएको चाइना इस्टर्न एयरलायन्सको बोइङ ७३७ विमान दुर्घटना भएको हो । विमान बुझो सहरको ग्रामिण क्षेत्रमा दुर्घटना भएको बताइएको छ। विमानमा १३३ जना सवार रहेको बताइएको छ। उक्त घटनाकाे विषयमा थप अनुसन्धान भइरहेकाे स्राेतले बताएकाे छ ।