प्रशासनिक भवन शिलान्यास गर्न प्रधानमन्त्री देउवा आज मोरङ जाँदै

फाइल तस्विर : प्रधानमन्त्री शेर बहादुर देउवा

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जादैँ छ्न् । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका – ८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र नगर अस्पताल उदघाटन गर्नेछन् ।

सुन्दरहरैंचाको कार्यक्रमपछि प्रधानमन्त्री देउवा पाँचथर र खोटाङ पनि पुग्नेछन् ।

डीआइजी बीसीले प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लामा सुरक्षा सतर्कता उच्च बनाइएको बताए ।

आइतबार लेटाङमा स्थानीयको आक्रमणबाट एकजना प्रहरी जवानको मृत्यु भएको थियो । स्थिति नियन्त्रणमा लिन सोमबार बिहानैबाट लेटाङको चार किल्लामा कर्फ्यु जारी भएको छ । लेटाङसँग सीमा जोडिएको पालिकामा प्रधानमन्त्री पुग्ने भएकाले सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।