जानीराखाैँ अमलाका फाइदा

काठमाडाैं । भिटामिन सिकाे स्राेत मानिने अमला एक अमुल्य आयुर्वेदिक औषधिको रूपमा मानिन्छ । एउटा अमलामा तिन सुन्तला बराबर भिटामिन सि पाइ्रने गर्दछ ।

गालिक एसिड, टान्निुक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता रसायनिक तत्व पाइने अमला अचार तथा बिभिन्न किसिमका मिठाइहरु बनाउनमा पनि प्रयोग गरिन्छ ।

जानी राख्नुहाेस् यसका छ फाइहरु

१. अमलाको सेवनले बुढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।

२. अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

३. यसको सेवनले शरीरमा भएका विकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ ।

४. अमलाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गराउन मद्दत गर्छ ।

५. यसको नियमित सेवनले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत गर्छ ।

६. अमलाको सेवन गर्नाले रुघाखोकी निको हुनुका साथै पिसाबसम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ ।