कोलेस्ट्रोल बढी भएमा अण्डा कसरी खाने ?

हाम्रो शरीरमा पाइने सबै कोलेस्ट्रोल नराम्रो हुदैन । कुन खालको कोलेस्ट्रोल कती मात्रामा छ भन्ने कुरामा भर पर्छ । शरिरमा दुई प्रकारको कोलेस्ट्रोल हुन्छ । तीमध्ये एउटा राम्रो कोलेस्ट्रोल र अर्को खराब कोलेस्ट्रोल हो । राम्रो कोलेस्ट्रोलले शरीरमा स्वस्थ कोशिकाहरू बनाउन मद्दत गर्छ, जबकि नसाहरूमा खराब कोलेस्ट्रोल जम्मा हुँदा अवरोध जस्ता समस्याहरू निम्त्याउन सक्छ ।
खराब जीवनशैली र गलत खानपानका कारण खराब कोलेस्ट्रोल तीव्र गतिमा बढिरहेको छ । जसका कारण उच्च रक्तचाप, हृदयाघात र स्ट्रोक जस्ता गम्भीर रोगको जोखिम बढ्दै गएको छ । यस्तो अवस्थामा कोलेस्ट्रोललाई नियन्त्रण गर्नु निकै जरुरी हुन्छ ।
उच्च कोलेस्ट्रोल घटाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । कोलेस्ट्रोलको मात्रा बढी हुँदा अण्डा खाने कि नखाने भन्ने प्रश्नको जवाफ जानौं‘
अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसमा भिटामिन ए, भिटामिन बी६, भिटामिन बी १२, आइरन, प्रोटिन, क्याल्सियम, फोलेट र अनस्याचुरेटेड फ्याटी एसिड जस्ता धेरै पोषक तत्व पाइन्छ । हरेक दिन अण्डा खाँदा शरीरलाई धेरै फाइदा मिल्छ । तर, केही स्वास्थ्य समस्याहरू छन् जसमा अण्डा नखानु उचित हुन्छ ।

कोलेस्ट्रोल बढी भएमा अण्डा खाने कुरामा आहारविज्ञ बताउँछन् कि कोलेस्ट्रोल बढी भएमा सन्तुलित रुपमा अण्डा खान सकिन्छ । हालै गरिएको एक अध्ययन प्रतिवेदन अनुसार अण्डा खाँदा कोलेस्ट्रोलको स्तरमा कम वा कुनै असर पर्दैन ।
उच्च कोलेस्ट्रोलको समस्या भएमा अण्डाको सेतो भाग खान सकिन्छ । यसमा राम्रो मात्रामा क्यालोरी र प्रोटिन पाइन्छ । तर, यदि कोलेस्ट्रोलको मात्रा बढेको छ भने अण्डा खाँदा केही कुरामा ध्यान दिनुपर्छ ।
तपाईं दिनमा १ देखि २ अण्डा खान सक्नुहुन्छ । अण्डालाई तेल वा माखनमा तानेको सट्टा अण्डालाई उमालेर खानुपर्छ । मुटुसँग सम्बन्धित कुनै रोग भएमा चिकित्सकको सल्लाह लिएर मात्र अण्डा खानुपर्छ ।
तर कम्जोर शरिर भएका तथा प्रोटिन, क्याल्सियम आदि तत्वहरुको कमी भएको मानिसहरुले दिनँहु अण्डा सेवन गर्नु पर्छ । यसो गर्नाले शारीरिक अवस्थालाई स्वस्थ गराउछ ।