गाजामा जारी इजरायल आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या बढ्दो

गाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुनेको प्यालेस्टिनीको संख्या बढ्दै गएको छ । इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या ३४ हजार नाघेको छ । हमासशासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन’, भनिएको छ । जस मध्ये दुई तिहाइ महिला र बालबालिका रहेका छन ।

भारी बमबारी र उद्धारकर्मीको अभावका बीच केही पीडितहरू भग्नावशेषमुनि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस भन्दा पहिले इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा भएको हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको थियो ।