भारतका सुपरस्टार केजीएफका अभिनेता यशको कार दुर्घटना

भारतका सुपरस्टार यशको चर्चित फिल्म केजीएफ सिरिजमा मुख्य भूमिकामा देखिएका अभिनेता बीएस अविनाश कार दुर्घटनामा भएको छ ।

अविनाशको दुर्घटना बुधबार बिहान बेङ्गलोरमा भएको हो । अविनाश मर्सिडिज बेन्जमा सवार थिए र उनको कारलाई ट्रकले ठक्कर दिएको हो । यस दुर्घटनामा अविनाशलाई कुनै गम्भीर चोट लागेको छैन ।

अविनाश ‘अनिल कुम्बले सर्कल’ नजिक जाँदै गर्दा उनको कारलाई ट्रकले ठक्कर दिएको दैनिक भास्करले बताए । ट्रक चालकलाई नियन्त्रणमा लिएर कब्बन पार्क प्रहरीले मुद्दा दर्ता गरेको छ ।

रिपोर्टका अनुसार अविनाश बिहान कसरत गर्न जिम जाँदै थिए । मर्निङ वाकमा निस्किएका मानिसहरूले अविनाशको उद्धार गरी कारबाट बाहिर निकालेका थिए ।

उनले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै फ्यानलाई दुर्घटना भएको जानकारी दिएका छन् ।
केजीएफको पहिलो भागको तुलनामा दोस्रो भागमा उनको ठूलो भूमिका रहेको थियो । स्वर्गीय अभिनेता चिरञ्जीवी सर्जाको सहयोगमा अविनाशले केजीएफ सिरिजमा काम गर्ने मौका पाएका हुन् । अविनाश सर्जाको साथीमार्फत फिल्मका सिनेमेटोग्राफर भुवन गौडासँग सम्पर्कमा आएका थिए ।

त्यसपछि उनले अविनाशलाई प्रशान्त नीलसँग पनि परिचय गराएका थिए । एक अन्तर्वार्तामा अविनाशले केजीएफ-१ को लागि २०१५ देखि प्रशिक्षण सुरु गरेको खुलासा समेत गरेका छन् ।

उनले केजीएफको पहिलो भाग रिलिज भएपछि धेरै फिल्मबाट अफर आउन थालेको बताए । प्रशान्त नील निर्देशित केजीएफ-२ मा सञ्जय दत्तले मुख्य खलनायक ‘अधिरा’ को भूमिका उनको थियो ।

दोस्रो भागमा यशको चरित्र ‘रकी भाइ’को अर्को यात्रा देखाइएको छ । यस भागमा रविना टण्डन पनि मुख्य भूमिकामा देखिएकी थिइन् । फिल्मले विश्वभर बक्स अफिसमा भारु १२ सय करोडभन्दा बढीको व्यापार भएको छ । यो सिरिजका निर्माताले तेस्रो भागको पुष्टि समेत गरेका छन् ।