नेपाल आउने भएका सलमान खानको सुरक्षाका लागि १५ सय सुरक्षाकर्मीको माग

पर्यटनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खान

काठमाडौं । कन्सर्टका लागि नेपाल आउने भएका बलिउडका सलमान खानको सुरक्षाका लागि आयोजकले सरकारसँग १५ सय जना प्रहरी सुरक्षा कर्मी माग गरेको छ ।

आयोजक संस्था ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले गरुड सेक्युरिटी फर्मका ७०० सेक्युरिटी गार्ड पनि सुरक्षामा खटिने अनलाइनखबरसँग बताए । कार्यक्रममा २०० स्वयंसेवक परिचालन हुने जनाइएको छ ।

सलमानको व्यक्तिगत सुरक्षा भने मुम्बईबाटै आउने उनका अंगरक्षकले गर्नेछन् । आयोजकले सलमानलाई सात जना पीएसओ प्रदान गर्ने तयारी गरेको छ । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ रिलोडेड टुर’का लागि सलमान काठमाडौं आउन लागेका हुन् ।