रिहा भए पल शाह

फागुन १५, दमौली । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह रिहा भएका छन् ।

उच्च अदालत पोखराले आइतवार सफाई दिएसँगै उनी सोमवार बिहान तनहुँ कारागारबाट रिहा भएका हुन् । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै उनलाई सफाइ दिएको हो ।

नाबालिक बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ मै रिहा भएका हुन् ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।