१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने

काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र बैंकले बताएको छ ।
अघिल्लो बर्ष झै यो वर्ष पनि आम सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट साटन पाउने छन् । बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिने छ ।