५९औं वार्षिक प्रतिवेदनले संघीय संसद सचिवालयमा २२ लाख ९१ हजार रुपैयाँ बेरुजु

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले संघीय संसद सचिवालयमा लाखौं रुपैयाँको बेरुजु भएको छ ।

कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले संघीय संसद सचिवालयमा २२ लाख ९१ हजार रुपैयाँ बेरुजु भएको देखीएको हो ।

यो वर्ष २ करोड ३३ लाख ३९ हजार रुपैयाँ सचिवालयको बेरुजु गरेको देखिएको थियो । जसमध्ये, प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि २ करोड १० लाख ५८ हजार फस्र्यौट भएको थियो । प्रतिवेदनअनुसार अझै २२ लाख ९१ हजार रुपैयाँ बेरुजु बाँकी रहेको देखिएको छ ।

५ लाख ६१ हजार म्याद नाघेको पेश्की रहेको छ । नेपालको संविधानको धारा ८३ मा दुई सदनसहित एक संघीय संसद रहने र धारा १०७ मा संघीय संसदको काम कारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालयको स्थापना हुने व्यवस्था समेत गरेको छ ।

संघीय संसद सचिवालयको १ अर्ब ६ करोड ४ लाख रुपैयाँको लेखापरीक्षण सम्पन्न गरिएको प्रतिवेदनले जनाएको छ । संसद सचिवालयमा १ अर्ब ४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । जस्मा , राजश्वबाट ३० लाख, धरौटीबाट ८० लाख र अन्य कारोबारमार्फत ६४ लाख रुपैयाँ समेत संसदको बजेटमा थप भएको थियो ।