प्रत्यक घर/परिवारलाई सरकारले विद्युतीय चुलो अनुदानमा दिने

काठमाडौं । सरकारले प्रत्येक घर परिवारलाई एउटा विद्युतीय चुलो अनुदानमा दिने भएको छ । आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय चुलो अनुदानमा दिने घोषणा गरेका हुन् ।

उनका अनुसार स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा दिइनेछ ।