महङगाेमा भारतबाट बिधुत खरिद गर्दा प्राधिकरणलाई ३५ दिनमै ८ अर्ब घाटा’ – कुलमान घिसिङ

file photo

काठमाडौँ । भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करिब ८ अर्ब रुपैयाँ बराबर घाटा हुन सक्ने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ । अहिले भारतबाट महँगोमा बिधुत किन्नु परेको र यसले प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर घाटा ब्यहोर्नुपर्ने अनुमान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।
प्राधिकरणले शुक्रबारका लागि प्रतियुनिट भारु २० रुपैयाँमा बिजुली किन्न प्रस्ताव गरेकाले भारतबाट बिजुली पाउनेमा आफू आशावादी रहेको घिसिङले बताएका छन ।
बिहिबार पत्रकर सम्मेलनमा बोल्दै घिसिङले महँगोमै बिजुली किनेर भएपनि बिहीबार रातिबाट सबै उद्योगमा पर्याप्त बिजुली आपूर्ति गरिने जानकारी गराएका छन । उनले हालको समस्या छोटो अवधिको रहेको स्पष्ट पारे । ‘यो तत्कालीन असर हो । केही समयका लागि भारतबाट आउने बिजुली महँगो पर्ने परिस्थिति देखिएको छ, हामीले महँगोमै पनि आपूर्ति गरी उद्योगलाई दिन्छौं, राति १२ बजेदेखि कुनै पनि उद्योगलाई बिजुलीको समस्या नहुने बताएका छन् ।
रुस र युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा पर्दा विद्युतको मूल्य अकासिएकोले त्यसको असर नेपालमा पनि परेको र यसलाई विश्वव्यापी संकटकै रुपमा बुझ्नुपर्ने घिसिङले उल्लेख गरेका छन् ।
जेठपछि नेपालमै बिजुली उत्पादन बढ्ने र त्यसपछि समस्या नहुने बताउदै ‘असारदेखि त ४/५ सय मेगावट निर्यात नै गरिन्छ । घिसिङका अनुसार बिहारबाट हाल नेपालमा दिउँसो दैनिक ३ सय मेगावाटसम्म बिजुली आइरहको छ । यो आर्थिक वर्षको केही महिना करिब ३० प्रतिशत बिजुली आयात भएको हो ।