अहिले बनाएका गुट महाधिवेशनपछि भत्काउनुपर्छ – गगन थापा

काँग्रेसको १४औं महाधिवेशनमा गगन थापाले पार्टीको महाधिवेशनअघि गुट र समूहहरु बन्नु सामान्य हो । महाधिवेशन पछि ती गुटहरु भत्कनुपर्ने बताएका छन् ।

आधार भए मात्र कुनै गुटमाको पछाडि हुनुपर्छ । थापाले भने, ‘जो नेतृत्व आउँछ, त्यो जुन गुटबाट निर्वाचित भएपनि निर्वाचित भएपछिको भोलिपल्ट धन्यवाद बैठक राखेर पदीय जिम्मेवारी ग्रहण गर्ने बेलासम्म गुटको बैठकमा आउँदिन भनेर परिपार्टी बसाल्नुपर्छ ।’ तर काँग्रेसमा जित्नेले समेत गुट चलाइरहने परिपार्टी रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने थापाको भनाइ छ ।