रणवीरलाई आयो ‘न्युड फोटोसुट’ को अफर

साउन, २० गते, नयाँ दिल्ली | भारतीय अभिनेता रणवीर सिंहलाई एकफेर फेरि न्युड फोटोसुटको अफर आएको छ । जनावरको अधिकारको लागि काम गर्ने संस्था पेटा इन्डियाले आफ्नो एक क्याम्पेनको लागि उनलाई चिठी पठाएको छ ।

यसअघि रणवीरले एक विदेशी म्यागाजिनको कभर बनाउनको लागि न्युड फोटोसुट दिएका थिए । त्यसले उनलाई निकै विवादमा तानेको थियो । उनीविरुद्ध मुम्बईमा एफआईआर दर्ता भएको थियो । सोही क्रममा आलिया भट्ट, विद्या बालन जस्ता बलिउड स्टार उनको समर्थनमा देखिएका थिए ।

पीपल फर एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) ले रणवीर सिंहको म्यागजिनको लागि गरिएको फोटोसुट आफूहरुले हेरेकोले आफ्नो लागि पनि नग्न तस्बिर खिचिदिन्छन् भन्नेमा आशावादी रहेको बताएको छ ।

फोटो सुटको शीर्षक ‘अल एनिमल्स ह्याभ सेम पार्टस- ट्राइ भेगन?’ भन्ने छ । एक रिपोर्टलाई उद्धृत गर्दै, पेटाले रणवीर सिंह एक फिल्मको लागि भेगन बनेका बताएको छ। पेटाको भनाइ अनुसार भेगन खानाले जनावरहरूलाई मद्दत गर्छ । बीबीसी