प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेट

काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता ले भेटवार्ता गरेका छ्न् । प्रधानमन्त्री देउवालाई भेट्न सभामुख सापकोटा प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए ।

भेटमा प्रतिनिधिसभामा छलफलको क्रममा रहेका विभिन्न विषय र समसामयिक राजनीतिक विषयहरूमा छलफल गरिएको बताईएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले प्रधानमन्त्री र सभामुखबीच नियमित भेटघाटको रुपमा छलफल भएको बताए ।

‘यो नियमित भेटघाट हो । सदन चलिरहेको बेला यस्तो भेट भइरहन्छ,’ थपे, ‘समसामयिक विषयमा छलफल भयो ।’