भरतपुरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालकाे अग्रता

चितवन-
भरतपुर महानगरपालिकामा ५३ हजार ३४६ मत गणना भईसकेको छ । जारी गणनामा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता फराकिलो हुदैँइ गएको छ ।

रेनुले २० हजार २२४ मत ल्याएकी छिन् । एमालेका विजय सुवेदीले १६ हजार ९१७ मत ल्याएर पछि परेका छन् । स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत ल्याएका छन् । रेनु विजयभन्दा ३ हजार ३०७ मतले अघि रहेकी छिन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२ हजार ६९६ मत ल्याएर अग्रता लिएका छन् । उनलाई राप्रपाकी हिमला गुरुङले १३ हजार ४६९ मतका साथ पछ्याइरहेकी छिन् ।

अहिले ११ र १२ नम्बर वडाको मतगणना भइरहेको छ । दुवै वडाको वडाध्यक्षमा एमालेले अग्रता लिएको छ।