उदयपुरमा स्कुल जाँदै गरेकी १६ वर्षीया छात्राको ढुङ्गा प्रहार गरेर हत्या

चैत, २२ उदयपुर | वेलका नगरपालिका – ६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कविताको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको हत्या गरिएको आरोपमा प्रहरीले सरिता खत्री र १९ वर्षका राजेन्द्र ढकालव लाई पक्राउ गरेको हो ।

ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको शव मंगलबार बिहान यसोदा खोला नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा सरिता खत्री र १९ वर्षका राजेन्द्र ढकाल रहेका छन् । सरिता र कविता दुवै कोशी जनतामा सँगै अध्ययनरत साथी थिए ।
घरबाट स्कुल आउँदै गर्दा उनको क्रुर हत्या भएको भन्दै कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्य नारायण शाहले घटनाको अनुसन्धान र निष्पक्ष छानबिनको माग गरी रहेका छन् ।


सरितासँग केही दिनअघि भएको सामान्य विवादका कारण दुईजना मिलेर ढुंगाले हिर्र्काएर उनको हत्या गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । स्कुल भन्दा करिब ७ सय मिटर पर हत्या भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान तिब्र पारेको छ। स्थानीयवासीले घटनालाई हत्या भएको भन्दै नाराबाजी गरेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले मंगलबार दिउँसो एक संयुक्त विज्ञप्ति प्रकाशित गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

विद्यालयले जारी गरेको बिज्ञप्ती