सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

संकेत तस्वीर

सुर्खेत, चैत २२ । सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दारिमचौरबाट श्रीनगरतर्फ जादैँ गरेको भ १ ज ३३६ नम्बरको जिप मगंलबार बिहान रोडबाट करिब १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाईते भएका नारायण वलिको श्रीनगरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षका नारायण वलि हुन भने सोही दुर्घटनामा घाइते भएका चालक २१ वर्षका थलराज वलि हुन । थलराज नारायणका दाई हुन् ।

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको ले जानकारी दिए ।