राजेन्द्र लिङ्देनले कारबाही गरेका राप्रपाका नेताहरु एमालेमा प्रवेश

काठमाडौँ । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीको निवासमै पुगेका थिए ।

देउवा–ओलीबीच एक घण्टासम्म ‘वान टु वान’ वार्ता भएको थियो । तर, उनीहरूबीच के–के कुराकानी भएको हो ? त्यसबारे सचिवालयले खुलाएका छैनन् ।

भेटपछि देउवा केही नबोली बाहिरिए । ओलीले पनि सञ्चारकर्मीको जिज्ञासामा लामो जवाफ दिएनन् । वार्ता कस्तो भयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘राम्रो भयो ।’

ओलीका प्रेस संयोजक रामशरण बजगाईंले दुई नेताहरुबीच एक घण्टासम्म वार्ता भएको, तर ‘वान टु वान’ वार्ता भएकाले आफूलाई थाहा नभएको बताए ।

प्रधानमन्त्री देउवा बालुवाटार फर्किदैछन् । उनको सचिवालयले पनि त्यसबारे बोलेको छैन ।

शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।

यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गरेका थिए । पौडेल–ओली वार्तापछि गठबन्धनमा छलफल गरेरै देउवा ओली निवास गएका हुन् ।