पल शाह जेलमा यता उनको ‘दिन्थे मुटु झिकी’ म्युजिक भिडियो युट्युब ट्रेन्डिङमा

file photo

नाबालिग बलात्कारको अभियोगमा अभिनेता पल शाह कारागारमा रहेका छन् । तर उनी अभिनीत म्युजिक भिडियो भने अहिले लगातार रुपमा सार्वजनिक भइरहेका छन् । यस्तैमा उनी अभिनीत गीत ‘दिन्थे मुटु झिकी’ युट्युबमा ट्रेन्डिङ आएकोे छ ।

गीतकार, गायक तथा सङ्गीतकार पवन ओलीको हालै सार्वजनिक गरेको गीतले ९ लाखभन्दा बढी दर्शक पाउँदै युट्युब ट्रेन्डिङको दोस्रो स्थान ओगट्न सफल बनेको छ । यस गीतमा निसान भट्टराई र विष्णु माझीको आवाजमा रहेको छ । गीतको म्युजिक भिडियोमा पल शाहको जोडी अभिनेत्री एलिजा गौतम छिन् । शिव विकले निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन रहेका छन् ।

यस्ताे छ पल शाह र एलिजा गौतमकाे ‘दिन्थे मुटु झिकी’ गीत ..