बालकोट पुगेर ओलीलाई देउवाको प्रस्ताव : संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा लाई भेटेका छ्न् । संसदमा संसद अवोरोध हटाएर एमसीसी पास गराउन प्रस्ताव गरेका छ्न् ।

विहबार बसेको पाचँदलीय समन्ववयसमितिले संघिय संसदको अवरोध हटाउन विपक्षि दलसँग सम्वाद गर्न प्रधानमन्त्रीलाई अग्रह गरेको थियो । त्यसपछि प्रधानमन्त्री देउवा विपक्षी दलका नेता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट, भक्तपुर पुगेका थिए ।

भेटमा देउवाले संसदको अवरोध खुलाउन र एमसीसी पास गर्न आग्रह गरेका छन् । जवाफमा ओलीले जे कारणले आफूहरुले संसद अवरुद्ध गरेको हो, त्यसबारे केही सम्बोधन भएको छैन । त्यसैले अवरोध यथावत रहन्छ भनेका छन् ।

एमसीसीबारे पनि सत्ता पक्षले नै औपचारिक रुपमा की नभनेको ओलीको तर्क छ । अध्यक्ष ओलीको भनाइ उधिृत गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्, ‘हामी त प्रतिपक्षमा छौं, त्यसमा पनि आन्दोलन गरिरहेका छौं । सत्ता पक्षले औपचारिक रुपमा नबोलेकाले हामीले केही भनिरहनु परेन ।’