सरकार द्वारा राउटेका लागि दुई करोड बजेट विनियोजन, मन्त्री झाँक्रीले राउटेका घर बनाईदिने

कर्णाली । सङ्घीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ । फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छैनन् ।

राउटेलाई फकाउन सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोला पुगेको सरकारी टोलीले एउटा जुक्ति निकाल्यो, ‘मितेरी साइनो गाँस्ने’ । अन्ततः मन्त्री झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाए । टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित लगाइएको घोषणा गरियो । मन्त्रीसहितले आफ्ना सदस्यसँग मितेरी साइनो गाँसेपछि समुदायमा केहीबेर खुशीयाली छायो ।

‘हामीले एउटा फोल्डिङ गर्न सकिने ट्रस भवनको नमूना राउटे बस्तीमै लिएर देखाउँछौँ’, उनले भने, ‘त्यसपछि राउटेको सुझावअनुसार अन्तिम डिजाइन बन्छ, जहाँ राउटे सर्दैछन्, त्यहीँ अस्थायी भवन बनाइदिन्छौँ, ताकि अर्को ठाउँ सर्दा फोल्डिङ गरेर लैजान सकून् ।’