नेपाल ढकाल समाज प्रतिष्ठानको सुर्खेत जिल्ला भेला सम्पन्न

नेपाल ढकाल समाज प्रतिष्ठानकाे प्रथम जिल्ला भेला आज सम्पन्न भएको छ । सुर्खेत जिल्लाका बिभिन्न ठाउँमा बसोबास गरेका ढकालहरुलाई संगठिन गर्ने उद्देश्यले शनिबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा जिल्ला भेला आयोजना गरेकाे हाे । उक्त भेलामा सुर्खेतका भिभिन्न ठाउँमा बसोवास गर्दै आएका ढकालपरिवारका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

ढकाल प्रतिष्ठानका जेष्ठ नागरिक गाैरी शंकर ढकाल सभापती र प्रतिष्ठानका केन्द्रिय अध्यक्ष टिकाराम ढकालकाे अध्यक्षातामा भएकाे भेलाले ढकाल बन्धुहरू एकजुट हुदा एकजनालाइ मात्र फाइदा नभएर सबै ढकाल परिवार नै बलियाे हुने निष्कर्ष निकालेकाे छ ।

केन्द्रिय अध्यक्ष ढकालले भेलालाइ सम्बाेधन गर्दै भने हामी संगठित भएका त छदै छाै अरू छुटेका ढकाल बन्धुहरूलाइ पनी समाज प्रतिष्ठानमा समावेश गराउन जरूरी भएकाे छ । उनले भने हाम्राे पहिचान, र सामिप्यताका लागिपनी हामीहरूले बेला बेला यसप्रकारकाे कार्यक्रम गरी रहनु अावश्यक छ ।

जेष्ठ सदस्य गाैरी शंकर ढकालले देशै भरी रहेका ढकाल बन्धुहरू नेपाल ढकाल समाज प्रतिष्ठामा आवद्द हुन आग्रह गर्दै देशैभरका ढकाललाई एकत्रित गर्न प्रतिष्ठान गठन भएको बताउनुभयो । आफ्नो धरोहर, इतिहास र जातलाई संरक्षण,समृद्दन, संगठित गर्न र आफ्ना भावि पुस्तालाई सहजता दिन नेपाल ढकाल प्रतिष्ठान स्थापना गरेको भन्दै पुनः यसमा संगठिग हुन आग्रह गर्दछु ।”

प्रतिष्ठानले सहभागीहरूकाे परिचयात्मक कार्यक्रम सहित सबै बन्धुहरूलाइ बाेल्ने अवसर दिएकाे थियाे ।