मेवा र बीजले स्वास्थ्यलाई के फाइदा गर्छ ? हेर्नुहोस

पछिल्लो समय मेवालाई प्राय वेवास्ता गरेको पाइन्छ । यो फल प्राय जसो मौसममा पाइन्छ तर यसको महत्व भने घट्दै गएको छ । त्यसैले आज हामी मेवाको बिजले स्वास्थ्यमा हुने फाइदा बारे चर्चा गरेका छौ ।
मेवा धेरै गुणहरूले भरपूर हुन्छ । विशेषगरी यो बिहान खाली पेटमा खान पनि एकदमै राम्रो फल मानिन्छ । तर, के तपाईंलाई थाहा छ ? मेवाको बीज खाँदा पनि शरीरलाई फाइदा हुन सक्छ । यदि थाहा छैन भने आज हामी बताउनेछौं ।

मेवाको बीजमा फाइबर, स्वस्थ फ्याट, प्रोटिन, क्याल्सियम, म्याग्नेशियम, आइरन, भिटामिनहरू र खनिज प्रचुर मात्रामा पाइन्छ । यी सबै पोषक तत्वहरू स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छन् ।
मेवाको बीज सेवन गर्नका लागि सबैभन्दा पहिला बीजलाई सफा गरेर सुकाउनुहोस् । सुकेका बीजलाई पिसेर त्यसको पाउडर बनाउनुहोस् । अब यो पाउडरलाई आफ्नो भोजन, स्मुदी तथा सलादमा मिसाएर खान सकिन्छ ।
त्यसैले मेवा र यसको बिजलाई वेवास्ता नगरी स्वास्थ लाभको उपयोग गर्नुपर्छ ।