देशभर थप २४ जनामा कोरोना संक्रमण, ५१ जना संक्रमणमुक्त

file photo

मंगलबार देशभर थप २४ जना कोरोना भाइरसको संक्रमणमा रहेका छन् । ५ हजार ५८७ जनामा कोरोना परिक्षण गर्दा पिसिआर विधिबाट २१ तथा एन्टिजेन विधिबाट ३ जनामा संक्रमण पुष्टि भएको भेटीएका छन् ।
पछिल्लो २४ घण्टामा थप ५१ जना संक्रमणमुक्त रहेका छन् । नेपालमा निको हुने दर ९८.७ प्रतिशत छ । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या घटेर ८१२ जना पुगेका छन् । यता, थप १७ हजार ७५५ जनाले कोभिड-१९ विरुद्धको खोप पनि लगाइसकेका छन् ।
इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, सल्यान, मुगु र बाजुरा संक्रमणमुक्त हुने जिल्लाहरु रहेका छन् ।