नेपाल भुमिहिन सुकुम्बासी संगठनकाे अध्यक्षमा बल बहादुर थापा

सुर्खेत । नेपाल भुमिहिन सुकुम्बासी संगठनले सुर्खेतमा जिल्ला स्तरिय भेला सम्पन्न गरेकाे छ । भेलाले अध्यक्षमा बल बहादुर थापा, उपाध्यक्षमा माेहन सुनार, सचिवमा चन्द्रा बि.क., सहसचिवमा पुनम रेग्मी, र काेषाध्यक्षमा सन्ध्या परियार सहित ४५ सदस्यीय जिल्ला किमटी गठन गरेकाे छ ।

भेलामा नेकपा एमाले प्रदेश कमिटी सदस्य बाल कृष्ण सुनार, नेकपा एमाले जिल्ला उपाध्यक्ष कुलमणी देवकाेटा, सचिवालय सदस्य गंगाराम तिमिल्सेना, नगर कमिटी सदस्य माेहन सुनार लगायतकाे सहभागिता रहेकाे थियाे ।

भेलालाइ सम्बाेधन गर्दै प्रदेश कमिटी सदस्य बाल कृष्ण सुनारले भने अहिले भुमिहिनहरूका नाममा परमादेशी सरकारले कार्यकर्ता भर्ती गरेर भुमिहिनकाे घाउमा झनै नुनचुक छर्ने काम गरेकाे छ । सदियाै देखी देशकाे नेतृत्वमा रहेकाे काँग्रेसले न पहिले भुमिहिनका समस्या सून्याे न अहिले । अाफुले सरकार गठन गरेकाे भाेलीपल्टै काम गरिरहेकाे अायाेगलाइ बिगठन गरेर सदियाै देखी अाफैले उत्पिडनमा राखेका गरिवहरूमाथी दादागिरी देखाउने काम गरेकाे छ याे अब हामी सहेर बस्ने छैनाै ।

जिल्ला उपाध्यक्ष कुलमणी देवकाेटाले अाफ्नाे हकहितका लागी सबै जाग्नु पर्ने बताए । उनले भने तपाइहरूले अाँखा खाेेल्नु पर्ने बेला भएकाे छ । अाफुमाथी भएकाे याे अन्याय सहेर अपबित्र गठबन्धनबाट हेपिएर बस्नु पर्ने कारणै छैन । अनेक तिकडम र परमादेशबाट बनेकाे सरकारलाइ भागबन्डा गरेर खानै ठिक्क छ तपाइहरूकाे अावाज सुनिदिने फुर्सदै छैन । त्यसैले अाफ्नाे माैलिक हक लिनका लागि पनी तपाइहरू जाग्नु पर्नेबेला भएकाे छ ।

निर्वाचनका मुखमा अाएर पनी भुमिहिनमाथी यस प्रकारकाे तुच्छ राजनिती गर्न पछी नपरेकाे गठबन्धनकाे सरकारलाइ अहिले चिनेनाै भने हामी पछी धेरै पछुताउनु पर्ने हुन्छ । उनले भने त्यसैले टाेल टाेल बाट जाग्नुस, लाग्नुस र राजनैतिक फटाहाहरूकाे मुखुन्डाे उतार्ने काम गर्नुस । सबैलाइ सचेत गराउनुस, कुनै नागरिकलाइ झुक्किन नदिनुस र अाफ्नाे हक स्थापित गर्नका लागि अगाडी बढनुस ।