अहिले बजारमा आउने आँपको सेवनले स्वास्थ्यमा यस्तो असर गर्छ ?

गर्मीमौसमको शुरुवातसंगै आँपको सीजनको पनि शुरुवात हुन थाल्छ । यसकाे सिजनमा निकै लाेकप्रिय फल हाे । साथै गुलियो, रसिलो आँप खान जति स्वादिलो हुन्छ, यसको सेवनले त्यति नै स्वास्थ्यलाई फाइदा पनि पुर्याउँछ ।

रुखमै पाकेको आँपलाई स्वादिलो र स्वस्थकर मानिन्छ तर अहिले बजारमा देखिएका आँप बढी मुनाफा कमाउने हिसाबले केमिकल प्रयोग गरेर पकाएको पाइएको छ ।
आँप पाक्ने समय भनेको जेठ महिनाको अन्तिम सातादेखि मात्र हो । त्यसैले अहिले वैशाख महिनाको दोस्रो सातामै बजारमा आँप देखिन थालिएको छ । अहिले बजारमा देखिएका पहेँला आँप, जसलाई छिट्टै पकाउनका लागि तीनमा क्याल्शियम कार्बाइड जस्ता रसायनको प्रयोग गरिएको हुन्छ ।

न्यू्ट्रिशनिस्ट र डाइटीशियनका अनुसार केमिकलको प्रयोग गरेर पकाइएको आँप खानाले स्वास्थ्यमा विभिन्न गम्भीर नोक्सानी हुन्छ । जसले गर्दा वान्ता, पखाला, रगत मिसिएको दिसा, अत्यधिक कमजोरी, छातीमा एसिडिटी हुने तथा टाउको दुख्ने जस्ता समस्या देखिन्छ ।

त्यतिमात्र नभएर यसले छालामा अल्सर हुने, आँखामा नोक्सान पुर्याउने, घाँटि दुख्न तथा खानेकुरा निल्न कठिनाई हुने आदिको पनि जोखिम हुन्छ ।

केमिकलको प्रयोगले पकाइएको आँप खानाले खोकि, छाति बज्ने जस्ता विभिन्न लक्षण पनि देखिन्छ । यदि आँप खाएको तुरुन्तै पछि सास फेर्न समस्या भयो भने तुरुन्तै डक्टारलाई देखाइहाल्नु पर्छ । यस्तो लक्षणहरुलाई वेवास्त गर्नु पनि खतरापूणर् हुन सक्छ ।
त्यसैले सिजन भन्दा पहिले नै आएका आँप स्वास्थ्यका लागि निकै हानिकारक हुने भएकाले यसको प्रयोग गर्नु उचित छैन । सकेसम्म रुखमै पाकेको आँप सेवन गर्नु पर्छ ।