घटदै गएको सुनचाँदीको मूल्य, आज सुनको मूल्य २०० ले घटे्यो

फागुन १५, काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यासाय संघका अनुसार आज सुनको मू्ल्यमा २०० रुपैयाँले घटेको छ, यस्तै आज छापावाला सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ, भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर तोलामा १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।