मा.वि.स्तरिय हाजिरी जवाफ प्रतियोगितामा होराईजन एकेडेमी प्रथम


वीरेन्द्रनगर सुर्खेतमा मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीता अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ६० औं स्थापना दिवसका अवसरमा सुर्खेत बहुमुखी क्याम्पसको प्रशासनिक भवनमा भएको थियो ।
देशभरीका सम्पुणर् प्रगतिशील जनवादि तथा देशभक्त विद्यार्थीहरु एकजुट हौ भन्ने मुल नाराका साथ २०८१ जेठ १ गते भएको हाजिरी जवाफ प्रतियोगीतामा बिभिन्न बिद्यालयहरुको सहभागिता भएको थियो ।

अनोरास्ववियु जिल्ला कमिटी सुर्खेतले आयोजना गरेको प्रतियोगितामा सहभागी प्रतिष्प्रधी बिद्यालयहरु मध्य सुर्खेत होराईजन एकेडेमी प्रथम, गाग्रेताल स्कुल दोश्रो र त्रिपुरेश्वर मावी ढोडेखाली तेश्रो भएका थिए । प्रतियोगिमध्ये प्रथम हुनेलाई ८००० दोश्रो हुनेलाई ६००० र तेश्रो हुने बिद्यालयलाई ४००० का दरले पुरस्कार समेत बितरण गरिएको थियो ।