वीरेन्द्रनगर वडा नं.३ द्वारा खेलाडीलाई खेलकुद सामाग्री वितरण

माघ ६, नन्दकेश अधिकारी, सुर्खेत | वीरेन्द्रनगर वडा नं ३ ले खेलाडिहरूलाई खेलकुद सामाग्री वितरण गरेको छ ।

विरेन्दनगर, ३ का वडा अध्यक्ष विनाेद सिह विष्ट काे अध्यक्षता विरेन्दनगर नगरपालिका सुर्खेतका नगर प्रमुख माेहनमाया ढकालकाे प्रमुख अतिथिमा खेलाडिहरूलाई खेलकुद सामाग्री वितरण कार्यकम भएकाे हाे ।

खेलकुद सामाग्री वितरण कार्यक्रममा वडा सचिव भिम बहादुर खड्का , समाजसेवि शसिराम आचार्य, बलिराज शाही, दलविर खड्का राज बहादुर खड्का लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । त्यस्तै कार्यकममा युवा, समाजसेवी र खेलाडीहरूकाे सहभागीतामा रहेकाे थियाे ।

कार्यकमका सभा अध्यक्ष बिष्टले कार्यकम बाेल्दै आफू खेल क्षेत्रबाट आएकाले खेल क्षेत्रलाई सम्मान र माया गर्ने बताउँदै खेलाडी लाई सम्मान पत्र र खेलकुद समाग्रीहरू,फुटबल, व्यट र भलिवल लगायतका खेल समाग्री हस्तान्तरण गरेका छ्न् ।

तस्वीरमा हेर्नुहोस् :