दैलेखमा एक महिलाकाे शव फेला

चैत १३, दैलेख । दैलेखमा एक महिलाकाे शव फेला परेेकाे छ ।

दैलेख जिल्लाकाे महाबु गाउँपालिका–५ गाडिगाउँकी ७३ वर्यीय लिलावती चुनाराकाे भैरवी गाउँपालिका–६ कुर्माकाेट स्थित भुतेर खाेलामा मृत अवस्थामा शव फेला परेकाे हाे ।

गडिगाउँ बस्ने सहबिर चुनाराकी श्रीमती लिलावती चैत ४ गते घरबाट हराइ बेपत्ता भएपछि अाफन्तहरूले खाेज तलासकाे लागि प्रहरी चाैकी पानीपाेखरीमा खबर गरेपछि प्रहरी निरक्षक भुपेन्द्र शाहीकाे कमाणडमा खटिएका टाेलीले अाइतबार बेलुका तिरकाे समयमा कुर्माकाेट स्थित भुतेर खाेलामा लिलावतीकाे शव मृत अवस्थामा फेला पारेका थिए ।

घटना बारे थप अध्ययन अनुसन्धानकाे लागि ईलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरक्षक कृष्ण डाँगीको कमाण्डमा प्रहरी टोलि खटाइएकाे र बाँकी अनुसन्धान कार्य जारि रहेकाे प्रहरीले जानकारी गराएकाे छ ।