दैलेखमा ट्याक्टर दुर्घटनामा परी एक जनाकाे मृत्यु, पाँच जना घाइते

दैलेखको दुल्लु नगरपालिका -६ स्थित धाडाको जंगलमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुल्लु नगरपालिका-६ का ५५ बर्सिया मानबहादुर रावलको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालका अनुसार विद्युतको पोल बोकेर दुल्लुको भस्नेपाटीदेखि खड्केगैरा जाँदै गरेको भे.१ त. ८९६ नम्बरको ट्याक्टर आइतबार दुर्घटना भएको बताए ।

प्रहरी प्रमुख दाहालका अनुसार दुर्घटनामा परी घाइते भएका दुल्लु नगरपालिका-६ खच्चेगैराका ५६ बर्सिया कमारो रावल, ४८ बर्सिया दानबहादुर रावल, ६० बर्सिया छविलाल रावल, ३४ बर्सिया प्रेमबहादुर रावल र ३१ बर्सिया ललित खड्का मध्ये तीन जनाको थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको जानकारी दिए ।
साथै सामान्य घाईते दुई जनाको दुल्लु अस्पताल अस्पतालमा उपचार भइरहेको छ ।