भरतपुरमा तीन हजार मतले नेकपा (माओवादी केन्द्र) की रेणु दाहालको अग्रता

जेठ ५ भरतपुर महानगरपालिकामा आज बिहानसम्मको मतगणनामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता लगेकी छिन् । भरतपुरमा आज बिहानसम्म ३८ हजार ८६४ मतगणना भएका छन् ।

दाहालले तीन हजार मतको अग्रता कायम गरेकी छन् । दाहालले १४ हजार ७६६ मत ल्याएकी छिन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले ११ हजार ७६५ मत ल्याएर पछि रहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारी १७ हजार ९६ मत ल्याएर अग्रता कायम गरेका छन् । प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङको मत ९ हजार ५०१ मत ल्याउर पछि परेकी छिन् ।