धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार हमालले गठबन्धनका वडलाई ७०५१ मतले पछि पारे

धनगढी-
धनगढी उपमहानगरपालिकामा बिहीबारसम्म ३० हजार ६९८ मतगणना भएको छ । बिहान साढे ६ बजे सार्वजनिक भएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १३ हजार ८२३ मत ल्याएर अग्रता कायम गरेका छन् ।

यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृप बहादुर वडले ६ हजार ७७२ मत ल्याएर पछि परेका छन् । हमाल र वडबीचको ७ हजार ५१ मतको अन्तर रहेको छ । नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार १८१ मत ल्याएर अग्रह स्थानमा रहेकी छिन् । एमालेकी कन्दकला रानाले ५ हजार ४५५ मतले ल्याएकी छिन भने स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ३५७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले २ हजार १९४ मत पाएका छन्।
अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ ।