विराटनगरमा मेयर कांग्रेस र उपमेयरमा एमालेको अग्रता

विराटनगर ।
विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले ४२०० मतले अग्रता रहेकाे छ ।

विराटनगर महानगरपालिकाको प्रमुख नेपाली कांग्रेसका नागेश कोइरालाले १६४५५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका सागरकुमार थापाले १२२५५ मतले पछ्याउँदै छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ५२०२ मत प्राप्त गरेको छ ।

उपप्रमुखमा भने नेकपा एमाले ५६८१ मतान्तरले अगाडी रहेको छ । उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १४११३ मत ल्याएर अग्रता कायम राखेकी छिन् । गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ८४३२ मत प्राप्त गरेर पछि परेका छन् । राप्रपाकी बिन्दा कुमारी लुइँटेल आचार्यले ३९८७ मत ल्याएका छन् ।