प्रकृति बिगारेर होइन सिँगारेर विकास गर्नुपर्छ – राष्ट्रपति भण्डारी

समाजबाट लैंगिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको उत्तिकै सक्रियता आवश्यक

काठमाडौं ।

मानव र प्रकृति एकअर्कासँग जोडिएको भन्दै मानव अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको हुने बताइन् । सामुदायिक वन उपभोक्ता महासंघले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

समाजमा हुने ‘एकातिर छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथा चिन्ताका बिषय भएको उनले बताईन ।

सार्वजनिक क्षेत्रमा हुने दुर्व्यवहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणाका नयाँ रूप प्रकट भइरहेका छन् । यी विकृतिको अन्त्य गर्न नीति र कानुनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोतर्फ सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराईन ।

यस्तै समाजबाट लैंगिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको उत्तिकै सक्रियता आवश्यक रहने उनको भनाइ थियो । यस्ता अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक संघसंस्थालाई आह्वान गरेकी थिइन् ।