निखिलसँग ५० लाख लिएको झुठो हो – कोपिला उप्रेती

१९ मंसिर, काठमाडौं ।

१३ वर्षदेखि नै निखिल र कोपिला छुट्टाछुट्टै बस्दै आएका अभिनेता निखिल उप्रेती र जेठी श्रीमती कोपिला उप्रेतीले साउन महिनामा कानूनी रुपमा अलग हुने निर्णय गरेका छन् ।

अभिनेत्री सञ्चिता लुइँटेलसँग निखिल सम्बन्धमा रहेपछी कोपिला उप्रेतीसँग चिसोपना आएको थियो । निखिलले सञ्चितासँग दोस्रो विवाह गरे ।

दोस्रो बिवाह गरिसकेपछी पनी उनीमाथि बहुविवाहको मुद्दा दायर नगरेकी कोपिला करिब १३ वर्षपछि निखिलसँग कानूनी रुपमा अलग हुने भएकी छन् ।

अलग हुँदा निखिलले कोपिलालाई ५० लाख रुपैयाँ दिएको भन्ने खबर पनि सार्वजनिक भएको थियो । तर कोपिलाले भने यो सत्य नभएको बताएकी छन् । उनले भनिन्, ‘५० लाख लिएको कुरा एकदमै गलत हो । निखिलजीलाई दुवैतिरको बोझ नपरोस् भनेर नै मैले कानूनी रुपमा अलग हुने निर्णय गरेकी हुँ । हामीले समझदारीमा नै डिभोर्स गरेका हौं । मलाई निखिलजीप्रति कुनै गुनासो नै छैन । उहाँले मलाई कहिले पनि नराम्रो गर्नुभएन ।’